नियम ११३
समितिको सदस्य-सचिवको काम कर्तव्य र अधिकार
समितिको सदस्य-सचिवको काम, कर्तव्य र अधिकार देहाय बमोजिम रहनेछः- (क) समितिको निर्णय कार्यान्वयन गर्ने वा गराउने,

(ख) कोषमा रकम जम्मा गर्न सहजीकरण गर्ने,

(ग) वार्षिक योजना, कार्यक्रम तथा बजेट तयार गरी समितिबाट स्वीकृत गराई कार्यान्वयन गर्ने वा गराउने,

(घ) प्रचलित कानून बमोजिम कोषको रकम खर्च गर्ने, नेपाल सरकारको लेखाप्रणाली बमोजिम लेखा राख्ने र लेखापरीक्षण गर्ने वा गराउने,

(ङ) कोषबाट सञ्चालित कार्यक्रमको नियमित अनुगमन गरी प्रगति विवरण वर्षको दुईपटक समिति समक्ष पेस गरी समीक्षा गर्ने।